arrow

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
karnali-prade.jpg

धनगढी । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ ।

प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिए ।

“अहिलेसम्म सङ्घीय सरकारका चारवटा अनुदान प्राप्त बजेटबाट खर्च गरिरहेका छौँ,” उनले भने, “हामीले एक अर्ब राजश्व सङ्कलन गर्न सकेका छैनौँ र यसको आकार पनि सानो छ ।” 

राजश्व सङ्कलनका क्षेत्र पहिचान गर्न र वित्तीय अनुशासन कायम गरी कर्णालीको दिगो अर्थतन्त्रमा सहयोग पुर्याउने योजना अगाडि बढाउनेतर्फ ध्यान दिन सदस्य रावलले सरकारलाई सुझाव दिए । 

उक्त छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने विषयमा प्रदेशसभा सदस्यले महत्वपूर्ण सुझाव दिएको प्रतिक्रिया दिए । उनले सरकार राजश्व वृद्धि गर्ने खालका कार्यक्रम तथा योजनाको बढोत्तरीमा लाग्ने जनाए । 

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टको तर्फबाट ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिए । 

मुख्यमन्त्री शाहीले सभामा बजेट पारितका लागि प्रस्ताव गरेसँगै उक्त बजेट बहुमतले पारित भयो । प्रदेश सरकारले आगामी आव २०७९÷०८० का लागि यही असार १ गते रु ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ