arrow

दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ असार २७ सोमबार
darchula-cdo-office.jpg

दार्चुला । दार्चुलामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको उपकरणमा चट्याङले क्षति गर्दा विद्युतीय राहदानी सेवा अवरुद्ध भएको हो । 

असार २२ गते बालशिखरस्थित नेटवर्क टावरको डिभाइस बिग्रिएकाले विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताए ।

नयाँ उपकरण जडान गर्न समय लाग्ने भएकाले असार ३० गतेसम्म सेवा बन्द रहने प्रशासनले जनाएको छ । दार्चुला प्रशासनले ०७९ जेठ १६ गतेदेखि विद्युतीय राहदानी सेवा संचालनमा ल्याएको थियो । 

सेवाग्राहीमा पर्न गएको असुविधाका लागि प्रशासन कार्यालयले क्षमा मागेको छ ।



नयाँ