दुर्घटनाबाट बच्दै आएको स्पाइस जेटबाट स्पाइस एक्सप्रेस छुटिने
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
857
Shares
काठमाडौं । पछिल्लो समय हवाई दुर्घटनाबाट बच्दै आएको स्पाइस जेट कम्पनीले कार्गो कम्पनी स्पाइस एक्सप्रेसलाई अलग गर्ने भएको छ ।
स्पाइसजेटले गत वर्ष अगस्ट १७ मा आफ्नो कार्गो कम्पनी स्पाइस एक्सप्रेसलाई बिक्रीको आधारमा डिमर्ज गर्ने बताएको थियो।
विमानमा भएका घटनाका कारण स्पाइस जेट हाल छानबिनको क्रममा रहेको छ । एयरलाइनलाई नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) द्वारा कारण देखाऊ नोटिस जारी गरेको छ ।
जुन १९ देखि यसका विमानहरूमा प्राविधिक समस्याको कम्तीमा आठ घटनाहरू भएका छन् ।