arrow

भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कविता प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
utsav.jpg

काठमाडौं । २०९ औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कविता प्रतियोगिता समपन्न गरिएको छ । नेपाल मानव धर्म सेवा समितिले भानु जयन्तीको अवसरमा गरेको कविता प्रतियोगितामा वेद विद्याश्रमका उत्सव ढुङ्गाना प्रथम भएका छन् । 

नाइटिङगल स्कुलकी निहारिका खड्गी दोस्रो, एम्बिसन ऐकेडेमीकी प्रविज्ञा नेपालले तेस्रो स्थान हासिल गरेका छन्  भने पाठशाला फाउण्डेशनकी प्रार्थना सुनारले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । 

कविता प्रतियोगितामा उपत्यका भित्रका २४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । नेपाली साहित्यको जर्गेना गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको समितिका सचिव किशोर भट्टराईले जानकारी दिए ।

विदेशमा नेपाली साहित्यले अरू थुप्रै साहित्यसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली साहित्यको निकै महत्त्व भएको तर नेपालमा भने नेपाली साहित्यको विकासमा खासै काम गर्न नसकेकोमा उनले जोड  थियो । त्यसैले नेपाली साहित्य जोगाउन सबैलाई लाग्न आग्रह गरेका छन् ।
 
निर्णायक मण्डल अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष धनेन्द्र ओझा, साहित्यकार निर्मल भट्टराई तथा नेपाल मानव धर्म सेवा समिति, बागमती क्षेत्र आश्रमका अध्यक्ष प्रजापति खनालले निर्णय गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ