उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
512
Shares
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गरेको छ । मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताए।
नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिलै गृहमन्त्री खाँणले खाँणले भने, ‘‘सरकारले जुन विधेयक ल्याएको छ। यो राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याएको हो। यसमा प्रदेश प्रहरीको अधिकार कटौती गर्ने कुनै मनसाय होइन। खाली काठमाडौं, ललितपुर र भक्तपुरलाई काठमाडौं उपत्यका भन्ने जुन प्रचलन छ। त्यसको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको हो।’’