नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाद्वारा पदभार ग्रहण
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
650
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आषाढ १७ गते शुक्रवारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। नबिल बैङ्क लिमिटेडको अषाढा १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो।
बैङ्किङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैङ्कको निर्देशक पदमा समेत रही कार्य गरेका थिए।
भारतबाट चार्टर एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन सङ्घद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि एयर विधामा पुरस्कृत भएका थिए। कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैङ्कर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।
उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैङ्क लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरेको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।