- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले युवा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । युवाले गरे अध्यात्मको विकास लागूपदार्थ रहित बन्ने छ हाम्रो समाज भन्ने नाराको साथ गरिएको कार्यक्रममा १५० युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सोभर सुधार केन्द्रका सञ्चालक तथा अभियन्ता सोभर बाङ डीले आफ्ना अनुभवहरू सुनाएका थिए । उनले आफू कसरी दुर्व्यसनमा फसेको र त्यसबाट सुधारसम्म कसरी आउन सके भनेर सुनाएका थिए ।
साथै कार्यक्रममा अध्यात्मबाट युवाको जीवन ल्याउन सकिने रुपान्तरणका विषयमा छलफल तथा सामूहिक कार्य गरिएको थियो । कार्यक्रममा युवसंगठनका युवाहरूले 'सङ्गतको फल' विषयक नाटक प्रस्तुत गरेर लागूपदार्थ निरुत्साहितको जनचेतना फैलाउने काम गरेका थिए ।
कार्यक्रममा बाग्मती प्रमुख महात्मा लता बाइजी र युवा वक्ता राजीव पौडेलले कसरी ध्यान साधनाबाट मनलाई सन्तुलित राखी लागूपदार्थ रहित जिवन जिउन सकिन्छ भनेर प्रस्टाएका थिए ।