arrow

भारतमा १३ हजार कोरोना संक्रमित थपिए, ३८ को मृत्यु, सक्रिय एक लाख नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
corona-india-keral.jpg

काठमाडौं । भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार ९४० नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ४७ हजार ५९७ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ९७ हजार ६३९ पुगेको छ । भारतमा बुधबार कोभिडबाट ३८ जनाको मृत्यु भएको छ ।

यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९४१ पुगेको छ । भारतमा कोरोना बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने भएकाले सीमानाकामा कडाइ गर्नुपर्ने देखिएको छ । 



लोकप्रिय समाचार
नयाँ