arrow

एक्कासी ह्वात्तै बढ्यो कोरोना: देशभर १४२ संक्रमित, बिरामी आईसीयूमा भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
corona-2021.jpg

काठमाडौं । विगत केही महिनायता निकै घटेको कोरोना भाइरसको संक्रमण फेरि उकालो लागेको छ । बुधबार एकै दिन ३१ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या लगभग एक महिना भन्दा बढी समययताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ बाट निको भएका छन् । निको हुने भन्दा तीन गुणा बढी नयाँ संक्रमित थपिएका हुन् ।

यस अवधिमा २ हजार ४ सय २५ जनाको नमूना परीक्षण गरिएको थियो । पीसीआरबाट १५७५ नमूना परीक्षण गर्दा २८ जनामा र एन्टिजेनबाट ८५० नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये हाल एक जना आईसीयूमा उपचाररत रहेका छन् । म‌ंगलबार २ हजार ८ सय १४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

बुधबार मंगलबार भन्दा कम २ हजार ४ सय २५ नमूना परीक्षण गर्दा ३१ जनमा संक्रमण पुष्टि भएको हो । 

छिमेकी मुलुक चीनमा लामो समय बढेको संक्रमण केही कम भएको छ । उता भारतमासमेत पछिल्ला दिनहरुमा संक्रमण बढेको छ । यसबीच नेपालमा समेत संक्रमण बढ्न थालेको देखिएको छ ।



लोकप्रिय समाचार
नयाँ