arrow

विश्व योग दिवसमा मानव धर्मको देशव्यापी शिविर (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
yog-diwas.jpg

काठमाडौं । विश्व योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी योग साधना शिविर सञ्चालन गरेको छ । 

मानवताका लागि योग भन्ने मूल नाराका साथ काठमाडौं, धुलाबारी, इटहरी, कोशी, वीरगन्ज, हेटौँडा, पोखरा, सिन्धुली, बुटवल, कावासोती, नेपालगन्ज, अत्तरिया, महेन्द्रनगर शाखामा शिविर सञ्चालन गरिएको हो । 

समितिको केन्द्रीय कार्यालय गौशालामा भने युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । पतञ्जलि योगपिठ नेपालको सहकार्यमा आयोजित कार्यक्रममा योग प्रशिक्षक अशोक आलेले योगका विधि सिकाएका थिए । 

शिविरमा केन्द्र प्रमुख महात्मा चमेली वाईजीले मानव जीवन सन्तुलित, व्यवस्थित र सुन्दर बनाउन योग साधना अनिवार्य रहेको बताइन् ।

समितिले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउनुका साथै साप्ताहिक रूपमा विविध साधना शिविरहरू गरी वैदिक सनातन परम्परालाई निरन्तरता दिँदै आइरहेको छ । 

साथै विभिन्न सामाजिक गतिविधिहरूमा समितिको युवा स्वयम् सेवकहरूको अग्रणी भूमिका रहँदै आएको छ ।

May be an image of 4 people and people standing

No photo description available.

May be an image of one or more people, people standing and outdoors



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ