arrow

प्रशासनभित्र राजनीतिक नेतृत्वलाई नटेर्ने प्रवृत्ति देखियो : प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
prachandas-ss.PNG

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनभित्र राजनीतिक नेतृत्वलाई नटेर्ने प्रवृत्ति देखिको बताएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र रहेको बताए । 

उनले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए । 

विगतमा विभिन्न कारणले फरक फरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाउँमा उभिने वातावरण बनेको प्रचण्डले बताए । 

पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृत रूपमा अगाडि बढ्ने वातावरण कर्मचारी सङ्गठनमा पनि बनेकामा प्रचण्डले खुसी व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ