पाकिस्तानको क्रिश्चियन समुदायद्वारा १४ वर्षीया बालिकाको अपहरणको विरोधमा प्रदर्शन
एजेन्सी,
प्रकाशित २०७९ असार ३ शुक्रबार
422
Shares
फैसलावाद। पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीया इसाई बालिकाको अपहरणको विरोधमा फैसलाबादको जिल्ला परिषद् चोकमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भएका छन्। अपहरणमा परेकी बालिकाको परिवारले बालिकालाई बलात्कार गरेको र अपहरण गरेको आरोप लगाएका छन्।
रिपोर्टका अनुसार प्रहरीले उजुरी दर्ता गरिसकेको तर देशको अल्पसङ्ख्यक समुदाय प्रहरी अनुसन्धानबाट सन्तुष्ट नभएको बताउँदै शक्तिशाली व्यक्तिका लागि राति अदालत खुल्ने तर अल्पसङ्ख्यक बालिकाका लागि नखोलेको भन्दै विरोध गरेका छन्।
यसअघि इमरान खानलाई देशको प्रधानमन्त्री पदबाट हटाइएका देशमा राजनीतिक सङ्कटकालमा पाकिस्तानको सर्वोच्च अदालत खुलेको थियो। मसिह समुदायका प्रदर्शनकारीले ‘खोलो खोलो अदालत खोलो’ नारा लगाएका थिए।
उनीहरूले बालिकाको उद्धार नभएसम्म घटनाको विरोध गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। धेरै मानवअधिकार सङ्गठन र रिपोर्टहरूले पाकिस्तान सरकारले देशमा हिन्दू र अन्य अल्पसङ्ख्यकहरू विरुद्ध बढ्दो अपराधमा आवश्यक कारबाही नगरेको आरोप लगाउँदै आएका थिए।
नोभेम्बर २०२१ मा मानव अधिकार कार्यकर्ताहरूले दाबी गर्दै प्रत्येक वर्ष १००० इसाई र हिन्दू केटीहरूलाई इस्लाम धर्म परिवर्तन गर्न जबरजस्ती गरेको बताइएको छ।