महामारीपछि जनकपुरधाम जान छोडेको श्री एयरलाइन्सले सुचारु गर्यो उडान
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
298
Shares
काठमाडौं । कोरोना महामारी आएपछि उडान रोकेको श्री एयरलाइन्सले काठमाडौं-जनकपुरधाम रुटमा पुनः उडान सुरु गरेको छ । बुधवारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको कम्पनीले जनाएको छ ।
काठमाडौंबाट १२ बजेर ३५ मिनेटमा उड्ने जहाज जनकपुरधामबाट १ बजेर ३०मिनेटमा काठमाडौं प्रस्थान गर्ने भएको छ।
यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ ।
कोभिड-१९ महामारी अगाडि जनकपुरधाममा श्रीले नियमित उडान थालेको थियो ।