arrow

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बदनाम गर्न खोजियो : कानून मन्त्री शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
govinda-prasad-sharma.PNG

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले अमेरिकी ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी)सम्झौताको प्रस्ताव नआएको बताएका छन्। बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको जानकारी दिँदै सरकारको बदनाम गर्न खोजिएको आरोप लगाए।

‘नेपाल सरकारले कुनै पनि ‘स्टेट पार्टनरशिप प्रोग्राम’का लागि इन्भाइट गरेको छैन, प्रस्ताव राखेको छैन। हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा सरासर गलत हो, झुटा हो । सरकारलाई बद्नाम गराउने एउटा खेल मात्र हो,’ उनले भने।

अमेरिकी सेना नेपालको इजाजतबेगर नेपाल आउन नसक्ने भन्दै उनले जबरजस्ती कुनै पनि सेना अर्को देशमा प्रवेश गर्न नसक्ने बताए।

एसपीपीलाई एमाले सदनमा आपत्ति जनाउँदै सरकारको जवाफ मागेको थियो भने काँग्रेसका सांसद गगन थापाले पनि यसबारे प्रधानमन्त्रीले तत्काल सदनमा उभिएर जवाफ दिनुपर्ने माग गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ