arrow

कृषि मन्त्रीले भने- आपूर्तिकर्ताले सम्झौताको समय भित्र मल उपलब्ध नगराएर अभाव भयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
Mahendra-Raya-Yadav.jpg

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले आपूर्तिकर्ताले सम्झौताको समय भित्र उपलब्ध नगराएकाले मलको अभाव भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका सांसदहरूले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेपछि जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् । 

उनले भने,' कृषि कम्पनीले १ लाख ५ हजार मेट्रिक टन, साल्टेनिङ कर्पोरेशनले १ लाख १७ हजार मेट्रिक टन गरि जम्मा २ लाख २२ हजार मेट्रिक टन रासायनिक मल विभिन्न आपूर्तिकर्ताले सम्झौताको समय भित्र उपलब्ध नगराएकोले मल आपूर्तिमा अभाव भएको हो ।' 

उनले अव ७८-७९ रासायनिक मलमा अनुदानको लागिका लागि १५ अरब विनियोजन भएको, थप मल व्यवस्थापनको लागि १२ अरब ७१ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरिएको बताए । उनले भने ,' मन्त्रालय रासयनीक मलको आपूर्तिका लागि निरन्तर प्रयासरत रहे पनि विश्व बजारमा आएको मलको मूल्यको उतारचढावले मल आपूर्तिमा असहजता आएको हो ।' 

मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधि सभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरूले आवाज उठाएका थिए। मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरूको जोड छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ