arrow

पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
scaff-nepal.jpg

काठमाडौं । पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्केफ नेपाल द्वारा नेपाल निर्माण व्यवसायी महासङ्घ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइन सम्बन्धी तालिम दिइएको हो । 

तालिममा स्विस सरकारको प्राविधिक सहयोगमा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग इकाई अन्तर्गतको मोटरेवल स्थानीय सडक तथा पुल आयोजना (चौथौँ) को प्राविधिक सहयोग रहेको थियो । 

तालिम पुल डिजाइन, निर्माण र सुपरिवेक्षण संलग्न हुन चाहने तर खासै विशेषज्ञता नभएका सुरुवाती ज्ञान हासिल गर्न चाहने ईन्जिनियर हरुलाई लक्षित गरेर आयोजना गरिएको स्केफ नेपालका महासचिव ई. कमल कार्कीले बताए । 

तालिममा सहभागीहरूलाई डिजाइन अफ सिम्प्ली सपोरट्रेड आरसीसी टिल- ग्राइरडर ब्रिज विपथ आबुटमेन इन ओपन फाउन्डेसन सम्बन्धी सिकाइएको थियो ।

यसै क्रममा स्केफ नेपाल र स्थानीय सडक तथा पुल सहयोग इकाई बीच नेपाली इन्जिनियरहरूको क्षमता अभिवृद्धि करणको लागि निरन्तर रूपमा यस्ता खालका तालिमहरू आयोजना गर्न सहमति भएको छ । 

उक्त सहमति पत्रमा स्केफका महासचिव ई. कार्की र स्थानीय सडक तथा पुल सहयोग इकाईका टिम लिडर ई. सकिल मानन्धरले हस्ताक्षर गरे। 

तालिममा निर्माण व्यवसायी, सडक विभाग, स्थानीय पूर्वाधार विभाग, नेपाली सेना र परामर्श दात्री संस्थाका गरि ४१ जना सहभागी थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ