arrow

सोनिया विरामी, निधिलाई भेट्न ताज प्यालेस पुगे राहुल

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
nidhi-and-rahul.jpeg
काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय विपक्षी दल कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धीबीच भेटवार्ता भएको छ ।  निधिलाई भेट्न राहुल निधि बसेको होटल ताज प्यालेस पुगे । 
 
पार्टी अध्यक्ष सोनिया गान्धी अस्वस्थ भएका कारण पार्टीको तर्फबाट राहुलले भेट गरेका हुन् । भेटका क्रममा निधिले नेपालको संविधान कार्यान्वयनको विषयमा कुरा गरे । राहुलले नेपालको स्थिरताका लागि वर्तमान सरकारले लिने निर्णयहरुमा भारतको पूर्ण सहयोग रहने बताए । 
 
निधिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसंग समेत भेट गरे । भेटमा डोभलले मधेस केन्द्रीत दलले राखेका माग र त्यसको सम्बोधनबारे जिज्ञासा राखेका बताइएको छ । 
 
सोमबार स्वदेश फर्कने तयारीमा रहेका गृहमन्त्री निधिले फर्किनु अघि भारतीय जनता पार्टीका नेता अमित शाहसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यसअघि, निधिले औपचारिक भेटमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री र समकक्षीसंग शिष्टाचार छलफल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ