बढ्यो कोरोना संक्रमण : निको हुने भन्दा झण्डै ३ गुणा संक्रमित थपिए
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
1.4k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा निको हुने भन्दा करिब तीन गुणा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विगतका कयौँ सातायता न्यून संक्रमण पछिल्ला दुई दिनयता बढ्न थालेको सङ्केत गरेको छ।
पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड-१९ पुष्टि भएको छ । जुन की सोही अवधिमा निको हुनेको सङ्ख्या ९ रहेको छ ।
१०० भन्दा मुनि झरेको सक्रिय संक्रमितको सङ्ख्या समेत बढेर १११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो ।