arrow

संसदको श्रम समिति र श्रममन्त्रीलाई मलेसियाको मेडिकल समस्या समाधान गर्न बैरो संघको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
284045771_1172882509952583_7598277382195874516_n.jpg

काठमाडौं । मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष एवं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काले मलेसिया जाने कामदारको नेपालमा स्वास्थ्य परीक्षण गरे पनि मलेसियामा अनलाइन नगरिदिएपछि रोजगारीमा जान लागेका हजारौँ कामदार र वैदेशिक रोजगार व्यवसायी समस्यामा परेका छन् ।
 
समस्यामा परेका वैदेशिक रोजगार व्यवसायीहरु र यससँग सरोकार राख्ने संघ संस्थाहरुले सोमबार संसदको श्रम समिति र श्रममन्त्रीलाई भेटेर मलेसिया रोजगारीमा मेडिकलको समस्या र अन्य वैदेशिक रोजगारको समस्याको बारेमा छलफल गरेका थिए । 

उनीहरुले मलेसिया रोजगारीमा मेडिकलको समस्या, वैदेशिक रोजगार व्यवसायीले लिने सेवा शुल्क, संख्याको समस्या, युरोप जाने कामदारको भिसा समस्या, राजदूतावासमा माग पत्र प्रमाणीकरण समस्याका बारेमा संसदको श्रम समितिलाई जानकारी गराएको संघका संयोजक बिमल ढकालले बताए ।

संघको नेतृत्वमा गएको प्रतिनिधिमण्डालले श्रम समितिका सभापति विमल श्रीवास्तब, वैदेशिक रोजगारका समस्या अध्ययन गर्न गठित उपसमितिका संयोजक  एलपी सावाँ लिम्बू र समितिका अन्य सांसदहरुसँग छलफल गरी विविध समस्याको समाधानको लागि पहल गरिदिन समिति समक्ष अनुरोध गरेको छ ।

ढकालको नेतृत्वमा गएको प्रतिनिधिमंण्डलले मलेसिया रोजगारीमा हाल देखिएको मेडिकल समस्याका बारेमा जानकारी गराउँदै मेडिकल गरिएका कामदार र मेनपावर ब्यवसायीलाई दुःख दिएको, पुनः मेडिकल गर्दा खर्च कसले बेहोर्ने लगायतको विषयमा कुरा उठाएको थियो । 

तत्काल यो समस्या समाधान गर्नुपर्ने संघका सदस्य प्रज्ञान न्यौपानेले बताए । न्यौपानेले वैदेशिक रोजगार व्यवसायी र कामदारलाई अनावश्यक दुःख दिनेलाई तत्काल कारबाहीको माग गरे ।

भेटघाटमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकाल, सदस्य प्रज्ञान न्यौपाने, सदस्य रविन्द्र यादव, वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका अध्यक्ष कुमुद खनाल, सल्लाहकार चिरञ्जीवी बस्याल, प्रगतिशिल वैदेशिक रोजगार मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

केहीदिन पहिले महासंघका अध्यक्ष एवं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार खड्काविरुद्ध ठगी ,राजस्व छलिको आरोपमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व विभाग,कम्पनी रजिस्टार, नेपाल प्रहरी अपराध महाशाखा लगायतका निकायमा उजुरीसमेत परेको थियो । 

खड्काविरुद्ध महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एवं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले  मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य ब्यवसायीहरु र देशलाई करोडौ ठगी गरेको भन्दै विभिन्न निकायमा उजुरी दर्ता गराएका थिए ।

उक्त मुद्दामा अध्यक्ष खड्काविरुद्ध दर्जनौं आरोप प्रमाणसहित दर्ता गरिएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेको बताएका छन् । 

यस विषयमा अध्यक्ष खड्कासँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् भने महासचिव दाताराम काफ्लेले आफू ब्यस्त भएको बताए ।

र याे पनि–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ