arrow

मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख रुपैयाँ संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
menkaji grg.jpg

पोखरा । वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ स्मृतिकोषमा हालसम्म ३५ लाख २६ हजार ३४३ रुपैयाँ संकलन भएको छ । हिमाली सांस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

हिमाली सांस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवं सल्लाहकार रुद्रकुमारी गुरुङ मैनाको संयोजकत्वमा गठित स्मृतिकोष समितिले रकम संकलन गरेको हो । गुरुङको गतवर्ष कोरोना महामारीका कारण निधन भएको थियो ।

गुरुङको योगदानको चीरकाल स्मरणका लागि स्मृतिकोष स्थापना गरी वरिष्ठ लोक संस्कृतिकर्मीलाई सम्मान, सक्रिय कलाकारलाई पुरस्कृत र लोकसंस्कृति संरक्षण एवं विकास गर्ने उद्देश्यले स्मृतिकोषको स्थापना गरिएको संयोजक मैनाले जानकारी दिइन् ।

कोषका लागि देशविदेशका गुरुङका आफन्तजन, शुभचिन्तक, शुभेच्छुक एवं संघसंस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवं हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताए । 

हिमाली साँस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र लोक संस्कृति संरक्षण संवर्द्धनका लागि कार्यक्रम हुने गरी विनियम बनेको बताए । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कोष स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ