arrow

'पतिको हत्या कसरी गर्ने' भनी लेखेर उपन्यासकारले गरिन् हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
Nancy Brophy.jpg

काठमाडौं। अमेरिकामा ‘हाउ टु मर्डर योर हस्ब्यान्ड’ शीर्षकमा निबन्ध लेख्ने एक उपन्यासकारले आफ्नो श्रीमानको हत्या गरेको ठहर भएको छ । ७१ वर्षीया उपन्यासकार न्यान्सी क्र्याम्पटन ब्रोफीले आफ्ना पति ६३ वर्षीय ड्यानियल ब्रोफीको हत्या गरेको  अभियोगमा दोषी ठहर भएकी छिन् । 

अमेरिकी राज्य ओरेगनको पोर्टल्यान्डस्थित जूरीले बुधबार  आठ घण्टा लामो बहसपछि उनले आफ्ना पति को हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

उनले आफ्ना श्रीमानको छातीमा दुई पटक गोली हानेकी थिइन् र सोही कुरा उनको आफ्नो निबन्धमा समेत लेखिएको बताइएको छ ।

अभियोजकहरूका अनुसार  'रङ नेभर फेल्ट सो राइट', 'द रङ हसब्यान्ड' र 'द रङ लभर' जस्ता रोमान्टिक उपन्यास लेखिका न्यान्सी क्र्याम्पटन ब्रोफीले सन् २०१८ मा एक पाक संस्थानमा काम गर्ने आफ्ना पतिलाई कार्यस्थलमा नै गोली हानेर हत्या गरेकी हुन् । 

सन् २०१८ मा उनका पति ड्यानियल ब्रोफीको हत्या गरिएको अवस्थामा त्यहाँ शव फेला परेको थियो ।

क्र्याम्पटन ब्रोफीले उनीमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् । उनले घटनास्थलको सुरक्षा क्यामेरा फुटेजमा आफू देखिनु लेख्नका लागि स्काउटिंग मात्रै गरिएको दाबी गरेकी थिइन् ।

उनी भन्छिन् कि हराएको (प्रहरीले हत्याको हतियार हुनसक्ने आशंका गरेको) बन्दुक उपन्यासको अनुसन्धानको लागि किनेकी थिइन् ।

यस्तै श्रीमानको मृत्युपछि आफूले पाउने बीमाको पैसाको पछिसमेत आफू नरहेको उनले दाबी गरेकी थिइन् । श्रीमानको हत्या गर्नुअघि उनी आर्थिक समस्याबाट गुज्रिरहेको अभियोजकहरुले बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ