पाकिस्तानमा चिनियाँमाथि बलुच पृथकतावादीले बढायो आक्रमण
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
630
Shares
काठमाडौं । बलुचका पृथकतावादीहरूले बेइजिङको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कामलाई रोक्नको लागि हरसम्भव प्रयास गरिरहेका छन् । चीनले उनीहरूको स्रोतसाधन लुट्न पाकिस्तानी सुरक्षा बलहरूसँग हात मिलाएको कुरा थाहा पाएपछि उनीहरुले यो प्रयासलाई झनै तीव्र पारेका छन् ।
हालै बलुचिस्तान लिबरेशन आर्मीले चिनियाँ कामदारहरूको काफिलालाई विस्फोट गराउने प्रयास गरेको थियो । तर पाकिस्तान प्रहरीले सोमबार एक संदिग्ध महिला आत्मघाती हमलाकारीलाई पक्राउ गर्दा उक्त प्रयास असफल भएको एशिया टाइम्सले जनाएको छ ।
महिलालाई आत्मघाती आक्रमणकारी भएको आशंकामा प्रहरीले पक्राउ गरेको छ । बेइजिङको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रमुख परियोजनामा काम गरिरहेका धेरै चिनियाँ नागरिकलाई मार्ने उद्देश्यले उनले आफूलाई विस्फोट गराउने योजना बनाएको कानून प्रवर्तन अधिकारीहरूले दाबी गरेका छन् ।
गत महिना कराँची विश्वविद्यालयको कन्फ्युसियस सेन्टरमा बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) को एक महिला अपरेटिभले गरेको आत्मघाती कारबाहीमा तीन चिनियाँ ट्युटर र उनीहरूका ड्राइभरको मृत्यु भएको थियो।
त्यति मात्र होइन सन् २०२१ को जुलाईमा खैबर पख्तुनख्वामा चिनियाँ कामदार बोकेको बसमा आक्रमण हुँदा १० जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए।
'बलुच पृथकतावादीहरू चिनियाँहरूलाई आफ्ना शत्रुहरू ठान्छन् र पाकिस्तानी सुरक्षा बल उनीहरुसँग अपराधमा साझेदारु भएर बलुचिस्तानका स्रोत साधनहरू लुट्न खोजेको भन्दै, यसलाई रोक्न चाहन्छन्,' इस्लामाबाद आधारित फाटा रिसर्च सेन्टर (एफआरसी) एक स्वतन्त्र थिंक ट्याङ्कका कार्यकारी निर्देशक मन्सुर खान महसुदले भनेका छन् ।
'यो ठीक त्यही कारण हो कि उनीहरूले चिनियाँ कम्पनीहरूलाई बलुचिस्तान छोड्न धेरै पटक चेतावनी दिएका थिए,' उनले अघि भनेका छन् ।
यसबाहेक उनीहरूले मिडियाको ध्यान खिच्न महिलाहरूलाई आत्मघाती हमलाका लागि प्रयोग गरिरहेको महसुदको भनाइ छ । यसले बलुच विद्रोहीहरूको उद्देश्य पूरा गर्यो किनकि उनीहरू आफ्नो मातृभूमिलाई 'स्वतन्त्र' गर्न कति हताश छन् भन्ने कुरा बाहिरी संसारलाई देखाउन चाहन्छन् ।
यो स्थितिलाई ध्यानमा राख्दै चिनियाँ नेतृत्वले ती क्षेत्रहरूमा आतंकवादी गतिविधिहरू तुरुन्तै रोक्न खोजिरहेको छ, जहाँ उनीहरूका कम्पनीहरू अरबौं डलरको चीन पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) अन्तर्गत रणनीतिक परियोजनाहरूमा संलग्न छन् ।
हाल पाकिस्तानी अधिकारीहरू सीपीईसीको दोस्रो चरणमा बढी चिन्तित छन् । किनकी यी परियोजनाहरु औद्योगिक क्षेत्र र व्यवसाय सञ्चालन गर्ने निजी क्षेत्रमा पर्छन् ।
दोस्रो चरणका परियोजनाहरुमा चिनियाँ कम्पनीहरूको ठूलो सहभागिता पनि समावेश छ । यसको अर्थ भनेको धेरै चिनियाँ नागरिकहरू पाकिस्तानमा रहने छन् र उनीहरूको जीवनको जोखिम पनि बढ्नेछ।