काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोभिड १९ पुष्टि भएको छ । यो अवधिमा १६ जना कोभिड १९ बाट निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २५ घण्टामा २७६८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा पीसीआरबाट २२३३ र एन्टीजेनबाट ५३५ जनाको नमुना परीक्षण गरिएको हो ।