arrow

आठ वर्षअघि बलात्कृत पीडितका लागि न्याय माग्दै बालुवाटारमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
justice-for-sushmita.png

काठमाडौं । करिब ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी नाबालिगमाथि बलात्कार गर्ने बलात्कारीलाई कारबाहीको माग गर्दै दजर्नाैं युवाहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि भेला भएका छन् ।

सन् २०१४ को सौन्दर्य प्रतियोगितामा सहभागी ती किशोरीमाथि त्यतिबेला आयोजकले नै होटेलमा लगेर नशालु पदार्थ सेवन गराउँदै बलात्कार गरेको कुरा उनी आफैले करिब ८ वर्षपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

आफ्ना साथीहरू, सौन्दर्य प्रतियोगितामै सहभागी अन्यलगायतलाई भन्दै गर्दा न्याय पाउन नसकेपछि ती युवतीले लामो समय कष्टकर समय व्यतीत गरेपछि अहिले आफैले सम्पूर्ण नागरिक समक्ष आफूमाथि घटेको डरलाग्दो यौन हिंसा सार्वजनिक गरेकी हुन् ।

ती आयोजकले पहिलो पटक नशालु पदार्थ सेवन गराएर बलात्कार गर्दा फोटो र भिडियोसमेत खिचेर पछि सोही फोटो भिडियो सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरी करिब ६ महिनासम्म बलात्कार गरेको ती युवतीले बताएकी छन् ।

अहिले दजर्नाैं युवाहरू बालुवाटारमा भेला भएर उनका लागि न्याय मागिरहेका छन् । सामाजिक सञ्जालमार्फतसमेत अधिकारकर्मी, कलाकारदेखि आम सर्वसाधारणले उनका लागि न्यायको माग गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ