संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन, शोकमा ४० दिन आधा झण्डा झुकाइने
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
794
Shares
दुबई। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ। उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ।
‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ। सङ्घीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्विट गरेको छ। नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ।
सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए।