arrow

पैसाको बिटोसहित समातिए एमालेका सरावगी, गठबन्धनले निकाल्यो विज्ञप्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
bijayakumar.PNG

वीरगन्ज । लोकतान्त्रिक व्यवस्थाको प्राण मानिने आवधिक निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र कुनै पनि किसिमको अवाञ्छित गतिविधिबाट मुक्त राख्न जरुरी हुन्छ भन्दै वीरगन्जमा पाँच दलीय गठबन्धनको तर्फबाट प्रेस विज्ञप्ति जारी गरेको छ । 

जनताको सबभन्दा नजिकको सरकार भनिने ‘स्थानीय तह’को निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दल, सरकारका निकायहरू र प्रत्येक मतदाताको भूमिका महत्त्वपूर्ण रहेको भनिएको छ । यसको ठिक विपरीत वीरगन्ज महानगरपालिकाको आसन्न स्थानीय तह निर्वाचनको क्रममा विपक्षी नेकपा एमालेका उम्मेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्याएको विज्ञप्तिमा बताइएको छ । 

‘पैसाको बिटो बोकी एमालेका यहाँका मेयर पदका उम्मेदवार विजयकुमार सरावगी वीरगन्ज–१६, नगवामा पुगेको बेला मध्यरातमा समातिएर जनताको प्रतिवादमा परेका छन् । लोकतान्त्रिक व्यवस्थामा अशोभनीय, अमर्यादित र निकृष्ट गतिविधिको रूपमा यसलाई लिन सकिन्छ । आम मतदातालाई प्रभावित बनाउन पैसाको खेल कदापि स्वीकार्य हुन सक्दैन,’ घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘यस्तो हर्कत आइन्दा नगर्न नगराउन सम्बन्धित उम्मेदवारलाई चेतावनी दिन चाहन्छौँ । त्यसै आफ्नो उम्मेदवारलाई नियन्त्रण तथा मर्यादामा बसाउन नेकपा एमाले पार्टीलाई समेत आग्रह गर्दछौँ ।’ 

निर्वाचन आचार संहिता विपरीत भइरहेको यस्ता गतिविधि रोक्न स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायको अहिलेसम्म वीरगन्ज महानगरपालिकामा निर्वाचन आचार संहिता पालना गराउने सवालमा यी निकायहरूको भूमिका सन्तोषप्रद नभएको जनगुनासो पाइएको ध्यानाकर्षण गराइएको छ । 

मतदातालाई आर्थिक प्रभावमा पार्न खोज्ने गतिविधि नियन्त्रण गरेर प्रतिबादको अवस्थालाई प्रतिकारकमा रूपान्तरण हुनबाट रोक्न तथा संहिता संहिता पालना गराउन सम्बन्धित सबैलाई सचेत हुन आग्रह गर्दछौँ । नेपाली काँग्रेसका पर्सा उपसभापति अशोक गुप्ता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष, पर्सा अध्यक्ष रामनरेश प्र. यादव, नेकपा एकीकृत समाजवादी पार्टी, पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी, केन्द्र कि केन्द्रीय सदस्य शेष चाँदताराद्वारा विज्ञप्ति संयुक्त रूपमा हस्ताक्षर गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ