arrow

नेपाल प्रहरीमा लामालाई एआईजी बढुवाका लागि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
dig-basanta-kumar-lama.jpg

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि उनलाई सिफारिस गरिएको हो । 

बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले शुक्रबार एक सूचना जारी गरी उनलाई बढुवाका लागि सिफारिस गरिएको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ