arrow

संघीयताको माध्यमबाट सुशासन ल्याउनु पर्छ –राजेन्द्र श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
rajendra-shrestha-2079.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिका अझै व्यवस्थित हुन नसकेको बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै उनले जुन ठाउँमा अहिलेसम्म मेट्रो संचालन सकेको छैन उसैको नाम ‘मेट्रोपोलिटन’ हुनु जुन गोरुको सिङ छैन उसको नाम तिखे जस्तै भएको बताए । 

उनले काठमाडौंको फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । आफू ३० वर्षअघिको काठमाडौंको मेयरको प्रत्यासीसमेत भएको स्मरण गर्दै काठमाडौंमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । 

नेता श्रेष्ठले नेता भनेको राजनेता हुनुपर्नेमा जोड दिँदै हाँस्यव्यङ्ग्य र ठट्टा गर्ने (एमाले अध्यक्ष केपी शर्मा ओली) लाई जिताएको भन्दै अब फेरि पनि त्यस्तो गल्ती गर्न नहुने बताए । 

केपी ओलीलाई थारो गाईको संज्ञा दिँदै अब पनि केपी ओलीलाई जिताउन नहुने उनले बताए । ओलीले संविधान र संसद खाएको भन्दै अब फेरि पनि प्रतिगमन आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । 

उनले आफूहरुले चाहेजस्तो सम्वृद्धि र सुशासन नआएको भन्दै सबैतहमा सुशासन र भ्रष्टाचारमुक्त तह बनाउनु पर्नेमा जोड दिए । 

उनले भ्रष्टाचारमुक्त राज्य बनाउन यसको थालनी स्थानीय तहबाटै गर्नुपर्ने भन्दै संघीयताको माध्यमबाट सुशासन ल्याउनु पर्ने बताए । 

नेता श्रेष्ठले सुशासन भए संघीयता सफल हुने पनि बताए । सुशासनबाट समृद्धि ल्याउनु पर्नेमा पनि उनले जोड दिए । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ