arrow

स्पाइसजेट बोइङ तुफानमा फस्यो, ४० घाइतेमध्ये १० गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
spicejet.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान तुफानमा फसेको छ । सो कारणले करिब ४० जना घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

पाइलटको सुझबुझका कारण विमान सुरक्षित रनवेमा ल्याण्डिङ गर्न सफल भएको बताइएको छ । घाइतेहरुको उपचार भइरहेको छ । 

मिडिया रिपोर्टअनुसार विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्याण्डिङ हुँदै थियो । तर अचानक तुफानमा जहास फसेसँगै जहाज हल्लिँदा ४० घाइते भएका हुन् । 

हिन्दूस्तान टाइम्सका अनुसार पाइलटले खतरा सम्हाल्नका लागि सबैलाई सिट बेल्ट लगाउन आग्रह गरेका थिए । 

तर बताइएअनुसार उक्त स्थितिमा खाना सर्भिस चालु भएका कारण सोही ट्रलीमा ठक्कर खाएर केही घाइते भएका थिए । 

यो तुफानलाई भारतमा काल बैशाखी भनिन्छ । बैशाख महिनामा विशेष गरी झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशामा यो तुफान देखिने भएकाले यसलाई काल बैशाखी भनिन्छ । 

आकाशमा बादल गर्जनुका साथै चट्याङसँगै तीव्र गतिमा हावा चलेर यो तुफान पैदा हुने गरेको बताइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ