arrow

उपसचिव भन्दा मेयरको उम्मेदवार नै प्यारो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
karmachari-1.jpg
तस्बिर– सांकेतिक

काठमाडौं । केही कर्मचारीहरुलाई सरकारी कर्मचारी भन्दा मेयर–उपमेयरको उम्मेदवार प्यारो लागेको छ । मेयर–उपमेयरमा उम्मेदवारी दिन उनीहरुले आफ्नो जागिरबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा होमिएका छन् । 

उपसचिव सरहका कर्मचारीहरुसमेत जागिरबाट राजीनामा दिइ चुनावमा लागेका छन् । संघीय मामिला मन्त्रालय स्रोतका अनुसार ४ जना कर्मचारीले आफ्नो सेवाबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा विभिन्न पदमा उम्मेदवारी दिएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुप्रसाद भुषालले उपसचिव पदबाट राजीनामा दिएर नवलपुरको देबचुली नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । 

उनलाई पछिल्लो एक महनादेखि संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो । अझै रमाइलो कुरा के छ भने यस अवधिमा उनी आफै पनि प्रमुख प्रशासकीय अधिकृत भएर विभिन्न स्थानीय तहमा काम गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत भएको केही ठाउँमा मेयरसँग उनको मनमुटाव भएको थियो । सायद, त्यसबेला नै उनलाई लाग्यो, म आफैं मेयर हुन्छु । 

उनले निजामती क्षेत्रमा २२ वर्षभन्दा बढी लामो समय बिताएका छन् । उनी नेपाली कांग्रेस पार्टीबाट राजनीतिमा उत्रिएका छन् ।  निजामती क्षेत्रमा आउनुअघि उनी कांग्रेसको भ्रातृ संस्था नेपाली विद्यार्थी संघमा आबद्ध थिए ।  

२२ औं पटक लोकसेवा आयोगको परीक्षा दिएर शाखा अधिकृत हुन सफल भएका बनेपा नगरपालिकाका कञ्चनराज गिरीलाई पनि मेयर हुन मन लागेको छ । मेयरमा उम्मेदवारी दिन उनले शाखा अधिकृत पदबाट राजीनामा गरेका थिए । 

पछिल्लो समय उनी कालीगण्डकी ‘ए’ जलविद्यतु आयोजनाको प्रशासन अधिकृत पदमा कार्यरत थिए । 

यसैगरी नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिव पदबाट राजीनामा दिएका छन् । 

उनले निजामती क्षेत्रमा २८ वर्ष काम गरिसकेका छन् । यसैगरी लामो समय नेपाल आयल निगममा सेवारत रहेका खोटाङका गोपालचन्द्र राई पनि आफ्नो जागिरे जीवनबाट राजीनामा दिएर राजनीतिमा होमिएका छन् । उनी २०६९ सालदेखि नेपाल आयल निगममा कार्यरत थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ