arrow

हुलाकमार्फत पनि लागूऔषध ओसारपसार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
drug

काठमाडौं । नेपाल प्रहरीले हुलाकमार्फत पनि लागूऔषध ओसारपसार भएको फेला पारेको छ । लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागूऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।  

अनुसन्धानमा हुलाकमार्फत आएको क्याण्डी चक्लेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ । 

अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ