लामो समयपछि निको हुने भन्दा कोरोना संक्रमित हुने बढी
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
1.3k
Shares
काठमाडौं । लामो समयपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुने भन्दा संक्रमित हुने बढी देखिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार निको हुने भन्दा संक्रमित हुने बढी पाइएका हुन् ।
शनिबार १८ संक्रमित थपिँदा १७ जनालाई मात्र निको भएको हो । योसँगै सक्रिय संक्रमित बढेर २८३ पुगेका छन् ।
छिमेकी देशहरुमा कोरोनाको संक्रमण बढिरहे पनि नेपालमा भने घट्दै गइरहेको छ । तर कोरोना छिर्ने डरले सचेतना भने कतै पनि अपनाएको पाइँदैन । आजकल ठूला ठूला सभा भइरहेका छन् ।
लामो दूरीका सवारीमा मास्क नलगाइ यात्रुहरु चढिरहेका छन् । यतिसम्म कि विमानमासमेत कुनै सचेतना पाइँदैन ।
अहिलेसम्म पीसीआर परीक्षणबाट ९ लाख ७८ हजार ७३२ संक्रमित पाइएका छन् । ११ हजार ९५१ जनाको ज्यान गएको छ ।