arrow

शंकर खराल पोखराको मेयरका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
Shankar Kharal.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुङ्गो लगाएको छ ।

जसअनुसार पोखराको मेयरको उम्मेदवार शंकर खराल तोकिएका छन् ।

खराल विश्व हिन्दू महासङ्घका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुन् । साथै उनी ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य, पूजा व्यवसायी समितिका अध्यक्ष पनि हुन् । 

खराल दुई महिनाअघि मात्रै राप्रपामा प्रवेश गरेका थिए । महानगरपालिकाहरूका मेयरहरू सम्बन्धित समितिहरूले लागू गरेको सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ