arrow

चार तारे झण्डा र रुख चुनाव चिन्ह गुमाउँदाको पीडा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
rukh-pida.jpg

कञ्चनपुर । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरूसँग गठबन्धन गर्ने सर्कुलर जारी गरेपछि सुदूरपश्चिमको कञ्चनपुरका कांग्रेस कार्यकर्ताहरूमा पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपाउँदा खिन्नता देखिएको छ । 

कञ्चनपुरका पाका नेता कार्यकर्ताले गठबन्धन पश्चात् रुख चिन्हमा मतदान गर्न नपाउनुको पीडा यतिबेला सामाजिक सञ्जालमा व्यक्त गर्न थालेका छन् । 

बेलौरी नगरपालिका ८ कलकत्ताका ६३ वर्षीय नेपाली कांग्रेसका पाका नेता दानबहादुर पाण्डेयले "कठै लाडी" सामाजिक सञ्जाल फेसबुकमा लेखेर जीवनको प्रिय आस्था चार तारे झण्डा र रुख चुनाव चिन्हमा मतदान गर्न नपाउँदाको पीडा व्यक्त गरेका छन् । 

"कठै लाडी" को सुदूर पश्चिम तिरको स्थानीय भाषाको अर्थ लाड प्यारका साथ जीवनभर अङ्गाल्दै र माया गर्दै आएको प्रियजनलाई एकाएक छोड्न पर्दाको पीडा भाव पाका कार्यकर्ता पाण्डेयले दर्साएका छन् ।

उनले आफ्नो घरको मूल ढोकामा पार्टीको चार तारे झण्डा राखेर गठबन्धन गलत भए पनि पार्टीका केन्द्रीय नेताहरूले कार्यकर्ताको आस्था , भावना र आत्मसम्मानमा ठेस पुगाएको भाव दर्साएका छन् ।

सत्ता साझेदार दलहरूका बीच गठबन्धन बनाएर निर्वाचनमा जाने पार्टीको निर्णय प्रति कञ्चनपुरका कांग्रेस नेता कार्यकर्ता र मतदाताले यतिबेला असन्तुष्टि जनाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ