मोरङको पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीको निःशुल्क उपचार
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
1.2k
Shares
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १६९ जनाको रक्त परीक्षण, १५३ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात रोग तथा समस्याका आधारमा उनीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।