दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना
सिन्ह्वा,
प्रकाशित २०७८ चैत २९ मंगलबार
452
Shares
टोकियो। जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बताएका छन्। जापानमा बिदा मनाउने समयका रूपमा लिइने “गोल्डेन विक” का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना उनले बनाएका हुन्।
यही अप्रिलको अन्त्य तिर उनले ती क्षेत्रका केही देशहरूको भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूका अनुसार प्रधानमन्त्री किशिदाले थाइल्यान्डबाट भ्रमण सुरु गर्ने तयारी भएको छ। त्यस पछि उनले इन्डोनेसिया, भियतनामलगायतका देशको भ्रमण गर्ने श्रोतले जनाएको छ।
उनको भ्रमणले ती देशहरूसँगको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुका साथै आर्थिक तथा राजनीतिक पक्षमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।