arrow

तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन्छौं : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
madhav kumar-nepal0.jpg
फाइल तस्वीर

बागलुङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आशन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा (एस)को भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरु पार्टीले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गरे । 

विचार मिल्नेहरूका बीचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उनले दक्षिण पन्थी अवसरवादका विरुद्धसँगै लडाइँको मैदानमा जाने दाबी गरे । 

कम्युनिष्ट पार्टी बनाउनेले नै विद्रोह गर्नुपरेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको उनले बताए । पार्टी कार्यकर्ता प्रशिक्षणमा बागलुङ आएका नेता नेपालले आज बागलुङ बजारमा भेलालाई सम्बोधन गर्दैै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताए। 

उनले आफ्नो पार्टीमा जनलहर सुरु भएको पनि बताए । संस्थापक पुष्पलालदेखि आफ्नो पालामासमेत नेतृत्वको अर्कमन्यताले विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । इतिहासमा पुष्पलालले विद्रोह गरेको स्मरण गर्दै उनले बहुमतलाई कारबाही गर्न खोजेपछि आफूले विद्रोह गर्न बाध्य भएको बताए । 

नेपालले भने, “विरोधीजति सबै निकाल्छु भनेपछि शिर निहुराएर बस्न सकिएन ।” उनले बैठकबाट भाग्ने नेता, बन्दुकबाट भाग्ने सिपाहीबाट केही आस गर्न नसकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ