लोसपाको निर्देशन : मेयर र अध्यक्षसहित २९ गतेसम्म सबै उम्मेदवार सिफारिस गर्नू
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
869
Shares
फाइल तस्बिर
काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समय सीमा दिएको हो।
‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन्। कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने।
उनले अगाडि थपे, ‘२९ गते भित्र सबै स्थानका उम्मेदवार सिफारिस भई सक्ने अपेक्षा गरिएको छ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरूले गृहकार्य गरिरहेका छन्।