arrow

तीन बुँदेविरुद्ध उत्रिए गच्छदार, सरकारमा जान नदिन षड्यन्त्र भो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ साउन २९ शनिबार
Gachhadar.jpg.jpeg
विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदें सहमती प्रधानमन्त्री बनाउन र प्रधानमन्त्री हटाउनका लागि मात्र भएको बताएका छन् । 
 
सीमाकंन र संविधान संशोधनका विषयमा तीन बुँदें सहमतिमा कुनै कुरा उल्लेख नभएकाले यो सहमतीले मधेसको समस्या समाधान नर्गने गच्छदारको जिकिर छ । यद्यपि, मोर्चासंग भएको सहमतिको पहिलो बुँदामा संविधान संशोधनबारे उल्लेख भएको गञ्छदारले ख्याल गरेनन् । 
 
विराटनगर विमानस्थलमा संचारकर्मीसंग गच्छदारले पाँच महिनासम्म तराई बन्द गरेर मधेसी जनतालाई मारेर, मुलुकलाई ठप्प पारेर मोर्चाले गरेको आन्दोलनलाई सिध्याउन तीन बुँदें सहमति गरेको आरोप लगाए । 
 
अध्यक्ष गच्छदारले, अहिलेको मुल मुद्दा संविधान कार्यान्वयन भएकाले  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैमा समस्याको समाधान नहुने बताए । संविधान सभाको दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर समस्याको समाधान नहुने उनको भनाई थियो । 
 
मधेशको समस्या समाधान गर्न र संविधानको सफल कार्यान्वयनका लागि समेत कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्र्चा मिलेर अघि बढनुपर्नेमा गच्छदारको जोड छ । मुख्य दलहरुबीच राष्ट्रिय सहमति नभएसम्म मुलुकले निकास नपाउने उहाँको जिकिर छ । 
 
गच्छदारले संविधान निमार्णका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको आफु र आफनो पार्टी अहिले सरकारमा सहभागि हुन नदिन षड्यन्त्र भइरहेको बताए । 
 
मुलुकको असहज परिस्थितिमा सबै दललाई एकैठाउँमा ल्याउन मैले ठूलो योगदान गरे र म सफल समेत भए तर आज म माथिनै केही व्यक्तिहरुले  षडयन्त्र गरि रहेका छन –गच्छदारले भने । निषेधको राजनीतिले कसैलाई फाइदा नहुने उनले बताए । संविधानलाई असफल बनाउन केही व्यक्तिहरु लागि रहेकाले त्यसतर्फ दलहरु सजग हुनुपर्ने गच्छदारको भनाई छ ।
 
गच्छदारले सरकारमा जाने भन्दापनि संविधान कार्यान्वयन आफ्नो पार्टीका लागि महत्वपूर्ण भएकाले सम्मानजनक उपस्थिति नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने बरु बाहिर बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ