arrow

अवतरणका क्रममा धावनमार्गमै दुई टुक्रा भयो बोइङ विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
dhl-plane-accidnet.PNG

काठमाडौं। डीएचएल कम्पनीको कार्गो विमान कोस्टारिका एयरपोर्टमा अवतरणका क्रममा दुर्घटना हुँदा भाँचिएर दुई भागमा विभाजित भएको छ ।

डीएचएलद्वारा सञ्चालित बोइङ ७५७-२०० कार्गो विमान कोस्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा रनवेबाट चिप्लिएपछि पुच्छरतर्फको भाग भाँचिएर दुई टुक्रा भएको हो।

विमानमा रहेका सबै क्रुहरु सुरक्षित रहेको र एक जनाको मेडिकल चेकजाँच भइरहेको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पहेलो रंगको विमान धावनमार्गमा अवतरणकै क्रममा दुई टुक्रा भएको र साइडबाट दमकलहरु गइरहेको देख्न सकिन्छ ।

कोस्टारिकाको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक लुइस मिरान्डा मुनोजले विमान ग्वाटेमालाको लागि उडेको तर, हाइड्रोलिक प्रणालीमा समस्या भएकाले पाइलटले उडान भरेको केही समयपछि आपतकालीन अवतरणको अनुरोध गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ