arrow

'देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनुपर्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
rajendra-lingen.jpg

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

राप्रपा मोरङद्वारा आज यहाँ आयोजित आमसभामा उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए । उनले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्ने तर्फ उन्मुख भइरहेको चर्चा गरे । 

विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पन्न भएको भन्दै उनले भने, “अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।”

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताए । महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ