arrow

ग्रामीण उद्यमले माग्यो ३९ नायब प्राविधिक सहायक [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
krishi-mantralaya.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ । राजपत्र अनंकित द्धितीय श्रेणी सरह नायव प्राविधिक सहायक (कृषि, पशुपन्छी, मत्स्य) मा ३९ जना कर्मचारीका लागि बुधबार दरखास्त आह्वान भएको छ ।

गोरखापत्र दैनिकमा पहिलो पटक प्रकाशित गरी आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ र पशुपन्छी–मत्स्यतर्फ १३ जना मागेको छ । १३ वैशाखसम्म नियमित र २० वैशाखसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ । योग्यता भने लोकसेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेबमोजिम हुनेछ । 

आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय (पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ