लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, आठ सयले लिए सेवा
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
1.1k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
त्यस्तै ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका २३ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
डा. सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।