काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दोस्रो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट जितका लागि २७९ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शनिबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।
दिपेन्द्र सिंह ऐरीले करियरको पहिलो शतक बनाउने क्रममा १ सय ५ रन जोडे । उनी शतक हान्ने तेस्रो नेपाली खेलाडी हुन् ।
त्यस्तै ५ रन जोड्दा शुरुआती २ विकेट गुमाएको नेपालका लागि तेस्रो विकेटका लािग दिपेन्द्र र देव खनालले १२९ रनको कीर्तिमानी साझेदारी गरे । देवले ७२ रन जोडे ।
उनले दोस्रो एक दिवसीय खेलिरहेका हुन् । कीर्तिमानी ब्याट्सम्यान जसले हिजो १२६ रन बनाएका थिए । आज ३५ रन जोडे । भिम शार्की २६ रन बनाउँदा कप्तान सन्दीप लामिछानेले ९ बलमा २ चौका र १ छक्काको मद्धतले अविजित रहँदै २४ रन बनाए ।