arrow

लागूपदार्थसहित भारतीय नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
bharatiya-pakrau.PNG

सर्लाही । लागूपदार्थ दुर्व्यसनीको रूपमा प्रयोग हुने प्रतिबन्धित औषधीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बुधबार दिउँसो भारतीय सीमावर्ती पर्सा गाउँपालिका-६ बाट भारतको विहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं.१३ निवासी शिंधेश्वर प्रसाद सिंहको छोरा २४ वर्षीय उमेश कुमार सिंहलाई लागूपदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । 

नेपाली प्रदेश-३-०२-०११ प. ७०३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सोही मोटरसाइकल चलाइरहेका सिंहको साथबाट १०० एमएलको १०० बोतल कोल्डवेल नामक र १०० एमएलकै ५० बोतल डाईलेक्स डिसी नामक लागूपदार्थको रूपमा प्रयोग हुने औषधी बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बरामद लागूपदार्थ र मोटरसाइकल सहित पक्राउ परेका भारतीय नागरिक सिंहलाई जिल्ला प्रहरी कार्यालय मलंगवामै राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ