arrow

रुसी हमला तत्काल रोक्न आईसीजेको आदेश

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत ३ बिहिबार
icj-court.jpg

हेग। राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषी विरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ।

अदालतका १५ जना मध्ये १३ न्यायाधीशहरूले युक्रेनमा २४ फेब्रुअरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन्। रुसी र चिनियाँ न्यायाधीशहरूले मात्र आदेशको विपक्षमा मतदान गरे।

न्यायाधीशहरूले विवादलाई बढवा दिने वा फैलाउन सक्ने कुनै पनि कार्यबाट टाढा रहन युक्रेन र रसियालाई आदेश दिएका छन्। आफ्नो निर्णयमा अदालतले युक्रेनमा रुसको आक्रमणलाई अमेरिका र नेटोले जस्तो ‘युद्ध’ भनेर उल्लेख गरेको छैन।

फैसलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्धको मुद्दामा पूर्ण जित हासिल गरेको छ। ’ रुसले सो फैसला मान्नै पर्ने उनले बताए। ‘फैसला बेवास्ता गरेमा रुस थप एक्लिन सक्छ ’, उनले भने।

सो फैसला धेरै हदसम्म प्रतिकात्मक हुन सक्छ। रुसी प्रतिनिधिहरू गत साता सुनुवाइमा देखा परेका थिएनन्। हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका उच्च अभियोजनकर्ताले मार्चको सुरुमा युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्ने घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ