जापान भूकम्पमा दुई जनाको मृत्यु, ९० बढी घाइते, २० लाख घरमा अन्धकार
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
353
Shares
काठमाडौं । जापानमा बुधबार राति गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । उत्तर–पूर्वी जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले पुर्याएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर पराकम्पनहरु आइरहेका छन् ।
भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ ।