arrow

संसद बैठक बस्दै, प्रधानन्यायाधीश विरुद्धको महाभियोगबारे छलफल गर्ने समय तोकिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने कार्यसूची रहेको छ । 

संघीय संसदका महासचिव डा. भरतराज गौममले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायधीश जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्धको महाभियोग प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा ९५ जना सांसदहरू उभिएका छन् ।

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले  ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्ने कार्यसूची छ ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राख्ने भएको छ । आफ्ना माग सम्बोधन नभएसम्म संसदको अवरोध जारी राख्ने अडानमा एमाले छ ।

यद्यपि प्रधानन्यायाधीश जबराको महाभियोगबारे छानबिनका लागि समितिमा रहेका ११ सदस्यमध्ये एमालेका चार जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ