हुन्डाईको सुविधा सम्पन्न शोरुम भक्तपुरको ‘राधे राधेमा’
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
678
Shares
काठमाडौँ। नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। भक्तपुरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको शोरुमको सङ्ख्या १५ पुगेको छ।
कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नुहुनेछ। भक्तपुरको राधे राधेमा सञ्चालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरू शोकेस गरिएको छ।
‘भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ।
अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरूले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन्। यसबाट ग्राहकले सबै किसिमका आवश्यक सेवा छरितो र सहज तरिकाले लिन सक्नु हुनेछ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ। हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठुलो अटोमोवाइल उत्पादक कम्पनी हो। हुन्डाईले उत्कृष्ट क्वालिटी तथा आकर्षक डिजाइनका गाडीहरू उत्पादन गर्दै आएको छ।