काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीलाई संसदबाट पारित गर्नका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाउनेबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।
बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीको व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय बोकेर पुगेका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि अहिले निर्णय गर्दैछ ।
पार्टीको छलफल चलिरहँदा छलफल छाडेर अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेका हुन् । शनिबार नै प्रचण्ड र नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न राजी भएका थिए ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा एमसीसीको प्रस्तावमाथि सैद्धान्तिक छलफल शुरु हुने बताइएको छ ।